१२ फाल्गुन २०७२, बुधबार

हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा रहेको पेट्रोल पम्पमा बुधबार साँझ तेल भर्ने क्रममा आगलागी भएको छ । मुख्यालयभित्र रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।

fire 1

प्रहरीका अनुसार तेल भरिसकेपछि साइन मोडलको बाइकले स्टार्ट गर्न खोज्दा प्लगबाट निस्केको आगोको झिल्काका कारण आगलागी भएको थियो । आगलागीका कारण नम्बर नखुलेको साइन बाइकसहित बा २८ प ५४३८ नम्बरको पल्सर मोटरसाइकल र बा ७ च ८५५० नम्बरको कारमा क्षतिपुगेको छ । सबै सवारी सशस्त्र प्रहरीका सदस्यहरुकै रहको बताइएको छ । त्यहीँ भएको दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको र ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV