१२ फाल्गुन २०७२, बुधबार

पोखरा, म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव भोलिमात्र पोखरा ल्याइने भएको छ ।

33
खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको टोली शव सङ्कलनमा सक्रियरुपमा लागिपरेको र भोलि बिहानमात्र शव ल्याउनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परेका व्यक्तिका आफन्त बिहानैदेखि दिनभर पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा थिए । रासस

 

LIVE TV