
अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ । क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ ।
छाला स्वस्थ सुन्दर बनाउन के खाने ?
अमला, कागती र भेडेखुर्सानी
भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।
बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।
सी फूड, गेडागुडी र प्याज
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।