१२ फाल्गुन २०७२, बुधबार

सुभा, फिजीमा आएको भीषण सामुद्रिक आँधी ‘विन्सटोन’ का कारण मृत्यु हुनेको सङ्ख्या ४२ जना पुगेको छ ।

figi
फिजीको दुर्गम गाउँमा अझ पनि व्यक्तिहरु सहयोगको लागि पर्खिरहेका बताइएको छ । यस प्रशान्तमहासागरीय द्वीप राष्ट्रको इतिहासमा यो एक शक्तिशाली आँधीको रुपमा आएको छ ।
यस आँधीबाट मङ्गलबारसम्म २९ व्यक्तिको मृत्यु भएकोमा बुधबार त्यो सङ्ख्या बढेर ४२ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बताएका छन् ।

सो आँधीका कारण वालीनाली ध्वस्त भएको छ । यस आँधीबाट दुई दिन अगाडिसम्म आठ हजार ५०० जना नागरिक घरवारबिहिन भएका थिए भने यो सङ्ख्या बढेर ४३ हजार पुगेको छ ।

त्यसैगरी सरकारले राष्ट्रव्यापीरुपमा कफ्र्युको घोषणा गरेको छ । यस प्रकोपको कारण विद्यालयहरु पनि बन्द गरिएको छ । रासस÷एएफपी

 

LIVE TV