१२ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,प्रहरीले काठमाडौको तीनकुने नजिकै जागृतिनगरबाट १०० सिलिण्डर ग्याससहित कालाेबजारी गरेकाे अाराेपमा अमर कटुवाललाई पक्राउ गरेको छ ।

Amar-Katwal-1

प्रहरीको अपराध महाशाखाले जागृति नगरको बाबा ग्यास पसलमा बुधबार छापा मारेर कालाबजारको लागि ठीक पारेर राखेको १०० सिलिण्डर ग्याँस बरामद गरेको हो ।

आधा सिलिण्डर ग्यासलाई १६ सयमा बिक्री गरिरहेको सूचनाका आधारमा बाबा ग्याँस डिपोमा छापा मार्दा १०० सिलिण्डर ग्याँस भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले डिपोका सञ्चालक अमर कटुवाललाई पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV