
नयाँ दिल्ली,स्वतन्त्र मधेश गठबन्धन, पर्साले स्वतन्त्र मधेशको माग गर्दै मंगलबार नयाँ दिल्लीमा प्रदर्शन गरेको छ ।
नयाँ दिल्लीको जंतर मंतरमा गठबन्धनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
गठबन्धनका संयोजक डा.सीके राउत करिब एक महिना नयाँ दिल्ली बसेर गएको साता फर्केका थिए ।
मंगलबार उनका सथर्मकहरुले जंतर मंतरमा प्रदर्शन गरेको राजेश यादवले बताए ।
राजेशका अनुसार प्रदर्शनमा मधेशमा भईरहेको गैरन्यायिक हत्या रोक्न, डा.सीके राउतका कार्यकर्ताहरुमाथि भईरहेको धडपकड रोक्न र यस बारे जानकारी गराउन प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा भारतीय कम्युनिष्ट पार्टीका सीताराम यचुरी र आम आदमी पार्टीका नेता सोमनाथ भारतीलाई ज्ञापन पत्रसमेत बुझाइएको छ ।