१२ फाल्गुन २०७२, बुधबार

राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका ६ बरला बजारमा रा १ ख ८७६ नम्बरको बसका सह चालक थारमारे १ मालझुङका १८ वर्षिय गोविन्द बस्नेतको मृत्यु भएको हो ।

प्रहरी चेक पोष्टमा गाडि इन्ट्री गरी फर्कने क्रममा सोही दिसाबाट तीब्र गतिमा आएको रा १ ख ७३८ नम्बरको बसले च्याप्दा बस्नेतको घटना स्थलमै मृत्युभएको हो । रुकुम सल्लेबाट दाङ तुलसीपुरका छुटेको बसले रङ साइडबाट ओभर ट्याक गर्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

घटना स्थलमा स्थानीयबासीले मृतकका आफन्त अनाउदा सम्म र उचित क्षतिपूर्ति नपाउदासम्म सडक अवरुद्ध पार्ने भन्दै शब उठाउन दिएका छैनन् ।

किच्ने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको अस्थाई प्रहरी चौकी बरलाका प्रमुख मोहन चन्दले जानकारी दिए । दुबै बस राप्ती सार्बजनिक यातायात समिति हुन् ।

२ राउण्ड हवाई फायर, स्थिती तनाबपूर्ण
घटनापछि स्थानियवासिहरुले राप्ती राजमार्गको वरला भन्ने स्थामा यातायातलाई चल्न सदएका छैनन् भने च्याँपेर मार्ने बस तोडफोड गरेका छन् । उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका स्थानीयहरुलाई हटाउन प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । स्थिति नियन्त्रण बाहिर गएकाले हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

 

LIVE TV