१२ फाल्गुन २०७२, बुधबार

पोखरबाट जोमसोमको लागि उडेको कल साइन9NAHH  भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो।

tara

   फायल फेटो

पोखरा विमानस्थलका प्रशासण्नका अनुसार जहाजमा जम्मा २१ जना सवार थिए । चालकदलका तीन सदस्य र १८  जना यात्रु थिए । जसमा विदेशी दुइ जना बिदेशी नागरीक समेत रहेका छन् ।

रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखरबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को(पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।

प्रशासणका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर र प्रहरी पठाइसकिएको छ ।ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।दुर्घटनाको कारणबारे भने अझै खुल्न नसकेको बताइएको छ ।

LIVE TV