१२ फाल्गुन २०७२, बुधबार

फाल्गुन, पोखरबाट जोमसोमको लागि उडेको कल साइन9NAHH  भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो।

tara

फायल फोटो

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार जहाजमा जम्मा २१ जना सवार थिए ।रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखरबाट दुइवटा हेलिकप्टर पठाइएको छ । चालकदलका तीन सदस्य र १८ जना यात्रु थिए । जसमा दुइ जना विदेशी रहेका छन् ।ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।

LIVE TV