१२ फाल्गुन २०७२, बुधबार

काठमाडौं । संविधान जारी भएलगतै एमालेले ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिने तयारी थालेको थियो । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले विभागीय प्रमुखलाई सदस्यको नाम बुझाउन पत्राचार गरेका थिए ।

 

emale
तर, असोजदेखि सुरु भएको तयारी केन्द्रीय सचिवालय र केन्द्रीय समितिको एजेन्डा अझै नबनेको  नयाँ पत्रिका दैनिकमा समाचार छ ।
महाधिवेशन सकिएको १९ महिना बितिसक्दापनि संस्थापन पइा र नेपाल पक्ष्यबीच सहमति नहुँदा विभागहरुलाई पूर्णता दिने प्रक्रिया लम्बिएको हो ।
एमाले शीर्ष नेताहरुबीच २५ पुसमा विभाग गठन टुङ्ग्याउने गरी स्थायी समिति बैठक बोलाउने सहमति थियो । तर, १६ मंसिरपछि ६ माघमा बसेको स्थयी समिति बैठक प्रधानमन्त्रीको भारत भ्रमणबारे संक्षिप्त कुराकानी गरेर सकियो ।
विभाग गठनलाई पूर्णता दिने गरी केन्द्रीय सचिवालयमा महासचिव इश्वर पोखरेलले छलफल गराउन नचाहेको नेपाल पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV