
पोखरा , स्थानीयवासीलाई सहज रुपमा कृषिजन्य सामग्री सङ्कलनमा सहयोग पु¥याउने उद्देश्यले भदौरेतामागी गाविस वडा नं १ देउरालीमा बहुउद्देश्यीय सामुदायिक भवन तथा कृषि सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्मगस्थल मानिने पञ्चासे क्षेत्रमा पहिलोपटक कृषि सङ्कलन केन्द्रको स्थापना गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय कास्कीको रु पाँच लाख ६२ हजार, युएससी, क्यानाडा, एसिया÷पिस कार्यक्रमबाट रु दुई लाख
५० हजार र हरियो वन कार्यक्रमबाट रु तीन लाख, हीरालाल गुरुङबाट रु तीन हजार र श्रमदान रु एक लाख गरी कुल रु १२ लाख १५ हजारको लागतमा निर्माण गरिएको भवन निर्माण समितिका संयोजक आशबहादुर गुरुङले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले एक कार्यक्रमका बीच मङ्गलबार उद्घाटन गर्दै केन्द्र तथा बहुउद्देश्यीय भवन सर्वसाधारण कृषकका लागि बहुउपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिजन्य उत्पादन बढाएर सङ्कलन केन्द्रका भरपुर उपयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
पञ्चासे कृषि विकास समिति, भदौरे १, २ र ३, पञ्चधाम कृषि विकास सहकारी संस्था र माछापुच्छ«े विकास सङ्घले संयुक्तले रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उत्पादित तरकारीको उचित बजार र ढुवानीमा समस्या रहेको गुनासो व्यक्त गरेका थिए ।
भवन निर्माण समितिका संयोजक गुरुङले यस क्षेत्रमा बहुउद्देश्यीय अरु भवन पनि आवश्यक रहेको बताउनुभयो ।
पञ्चधाम कृषि विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी गुरुङले छरिएर रहेको पुँजीलाई एकत्रित गरी कृषि
क्षेत्रमा लगानी गर्न सहकारी लागिपरेको जानकारी दिनुभयो । सल्यान, भदौरे १, २ र ३ मा उत्पादन गरिएको कृषिजन्य सामग्री सङ्कलनको रुपमा यो भवनलाई उपयोग गरिने छ ।
केही वर्ष पहिलेसम्म पोखराबाट तरकारी किनेर खाने कृषक अहिले आफ्नै गाउँमा विषादीरहित तरकारी उत्पादन गर्न थालेका
छन् । भकारो व्यवस्थापन कार्यक्रमले तरकारी उत्पादनमा समेत वृद्धि भएको कृषक तारा गुरुङले बताउनुभयो ।रासस