१२ फाल्गुन २०७२, बुधबार

कांग्रेसको संस्थापन पक्षले बरिष्ठ नेता शेरवहादुर देउवा समूहको विरोधका बाबजूद पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा लाने तयारीमा जुटेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

kangreshflag
सभापतिका लागि आंकाक्षीहरुको व्यवस्थापन गर्न संस्थापन पक्ष विधान संशोधन मार्फत पदाधिकारीको संख्या बढाउने प्रयासमा लागेको हो । पार्टी प्रवक्ता दिलेन्द्र बडुका अनुसार विहिबारको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी थप गर्नेसहितको विधान संशोधन मस्यौंदा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुनेछ ।

पदाधिकारी बढाउने बिषयमा संस्थापन पक्षभित्र मत विभाजित छ । देउवा समूहले अस्वीकार गर्ने अवस्थामा पदाधिकारी थप गर्ने बिषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गराउन नहुने पक्षमा महामन्त्रीद्वय प्रकाशमान सिह र कृष्णप्रसाद सिटौला छन् ।

कार्यबाहक सभापति रामचन्द्र पौडेल, प्रवक्ता बडु, केन्द्रीय सदस्य सुजाता कोइराला, विधान मस्यौदा समितिका संयोजकसमेत रहेका आनन्द ढुंगानालगायतका नेताहरु देउवा समूहको असहमति भएपनि बहुमतको आधारमा निर्णय लिनुपर्ने पक्षमा उभिएका छन् ।

LIVE TV