१२ फाल्गुन २०७२, बुधबार

कांग्रेसले आसन्न १३औं महाधिवेशनका लागि आर्थिक संकलन थालेको छ । यसपटक महाधिवेशनमा करिब ५ करोड लाग्ने अनुमान कांग्रेसको छ ।

 

cangres

त्यसमा पार्टीको आन्तरिक स्रोतबाट साढे २ करोड र बाँकी बाहय स्रोतबाट चन्दा उठाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।
कांग्रेसले महाधिवेशन खर्च जुटाउन पार्टीकै सांसद र महाधिवेशन प्रतिनिधिबाट करिब साढे २ करोड उठाउने भएको छ । थप साढे २ करोड रकम चन्दाबाट उपलब्ध हुने उसले जनाएको छ ।

कांग्रेसमा २०८ सांसद छन् । पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको अर्थ संकलन समितिले हरेक सांसदबाट १५ हजार तथा सांसदसमेत रहेका केन्द्रीय सदस्यबाट २० हजार रुपैयाँका दरले लेबी उठाउने भएको छ । यसबाट ३० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

 

LIVE TV