१२ फाल्गुन २०७२, बुधबार

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्यहरुले सभापति सुशील कोइरालाको निधन अप्राकृतिक भनेका छन् । उनीहरुले छानबिन समिति गठनको माग गरेका छन् ।

nepali cangresh

 

महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले कोइरालाको निधन शंकास्पद भएको प्रश्न उठाएका छन् ।

केन्द्रीय सदस्य सूर्यमान गुरुङले सभापति कोइरालाको मृत्यु शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि अन्य सदस्यले पनि उनलाई साथ दिएका थिए । डा। शेखर कोइराला, बालकृष्ण खाणले पनि गुरुङको भनाइमा समर्थन गर्दै पदाधिकारीहरुले जवाफ दिनुपर्ने बताएका थिए, नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV