१२ फाल्गुन २०७२, बुधबार

काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि मुलुकमा इन्धन सहज हुन अझै केही समय लाग्ने भएको छ ।

Nepal-Oil
७० प्रतिशतसम्म मात्र पाउने भएपति नेपाल आय निगमले डिजेलको परिमाण् घटाएर मागजति ग्यास र पेट्रोलियम दिन आईओसीलाई पत्राचार गरेकोकारोबार दैनिकमा समाचार छ ।

माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएको भन्दै आईओसीले निगमलाई मागजति इन्धन दिन नसकिने अनौपचारिक तवरबाट जानकारी गराएको हो ।
‘मागजति दिन नसकिने भनेपछि तत्कालका लागि डिजेलको परिमाण घटाएर पेट्रोल र ग्यासको परिमाण बढाउन खोज्दै छौं,’ मंगलबार संसदको उद्योग वाणिज्य तथा उपभोक्त समितिअन्तर्गत उपभोक्ता उपसमितिको बैठकमा निगमा निर्देशक दिपक बरालले भने ।
आइओसीमा पठाएजति बुलेट र ट्यांकर लोड नभएको निगमका कार्यकारी निर्देशक खड्काले बताए ।

LIVE TV