११ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले यहाँ आज आयोजित कार्यक्रममा स्वर्ण पदक विजेतालाई खेलाडीलाई रु ५० हजार, रजत विजेतालाई रु ३० हजार र कास्य विजेतालाई रु २० हजार नगद सहित सम्मान गर्नुभयो ।
3214
स्वर्ण पदक जित्ने खेलाडीमा फुपूल्हामू खत्री, रजत प्राप्त गर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । त्यस्तै कास्य पदक हासिल गर्नेमा सरिता चौधरी, गङ्गा चौधरी, पुनम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम रहेका छन् ।

त्यसैगरी, प्रशिक्षकद्वय दलबहादुर गुरुङ र इन्द्र डङ्गोललाई जनही रु २० हजार र व्यवस्थापक देवु थापा र गङ्गाबहादुर खड्कालाई जनही रु १५ हजार प्रदान गरियो । सोही कार्यक्रममा जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगततर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई करिब रु एक लाख चार हजार बराबरको ‘कार्पेट’ प्रदान गर्नुभयो ।

सदस्यसचिव विष्टले समग्रमा सबै खेलाडीले आफ्नो खेल कौशललाई पूर्णरुपमा प्रयोग गरेकाको बताउनुभयो ।

स्वर्ण पदकधारी खत्रीले स्वर्ण जित्नु जीवनकै अविस्मरणीय क्षण रहेको बताउँदै आगामी दिनमा राष्ट्रका लागि थप पदक प्राप्त गर्न लालायित भएको बताउनुभयो । १२ आँै सागमा सहभागी आठ देशमध्येबाट छैटौँ स्थानमा चित्त बुझाएको नेपालले तीन स्वर्ण २३ रजत र ३४ गरी जम्मा ६० पदक प्राप्त गरेको थियो । रासस (तस्बिर उपलब्ध छ

 

LIVE TV