११ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग अकुत सम्पत्ति कमाएको भन्दै डाक्टर केशवराज भुर्तेलविरुद्ध मुद्दा चलाएको छ ।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट हुदाँ भवन निर्माण गर्दा ठेकेदारसँग रकम असुलेको, सामान र उपकरण खरिदमा फाइदा लिएको, आफ्नो सेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रेसन  गर्दा गैरकानुनी रुपमा रकम असुल गरी उनले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

akhitar-660x330

भरतपुर ११ मा बंगला, चितवन मेडिकल कलेजमा अक्षरुपी सरसठ्ठी लाखको शेयर, काठमाडाैंको कलंकीमा बंगला, नवलपरासीको गैडाकोट र रजहर एवं चितवनका बिभिन्न ठाउँमा समेत चल अचल सम्पति जोडेको उनीमाथि आरोप छ । पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर(कानूनीरुपबाट अक्षरुपी दुई करोड त्रिसठ्ठी लाख बाउन्न हजार छ सय अठसठ्ठी कमाएको अख्तियारले जनाएको छ ।

भूर्तेलको श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल अचल सम्पतिहरु राखेको देखिएकोले रुक्मणी भूर्तेललाई समेत प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले यसअघि डाक्टर भक्तमान श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV