११ फाल्गुन २०७२, मंगलवार

इटहरी,राप्रपा नेपालका केन्द्रीय सदस्य तथा भुमि सुधार मन्त्री रामकुमार सुब्बाले जनताले इच्छा गरेमा नेपालमा राजतन्त्र पुनः स्थापना हुन सक्ने बताउनुभएको छ । सुनसरीको इटहरीमा  आउदो १५ गते हुन लागेको बृहत हिन्दु जागरण अभियानको बारेमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन र्गनुहुदै मन्त्री सुब्बाले यस्तो बताउनुभएको हो ।

????????????????????????????????????

आउदो १५ गते हुन लागेको बृहत हिन्दु जागरण अभियानको बारेमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन र्गनुहुदै मन्त्री श’ब्बाले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको र्सवस्व भनेको जनता रहेको र जनताले इच्छा गरेको खन्डमा राजतन्त्रको पुनःस्थापना हुन सक्ने बताउनुभयो ।

उहाँले पत्रकारहरुले सोधेको प्रश्नकाजवाफमा आम नेपाली जनताले राजा फ्याक्ने मनसाय नबनाएको र राजालेआफ्नै विवेकले जनतालाई स्वतन्त्र रुपमा अघि बढ्नका लागि स्पेश दिएकाले पूर्व राजाबाट जनताको चाहानामा पुनस्थापित हुन अभ्यास गर्नु अस्वभाविक पनि नरहेको बताउनुभयो ।

राप्रपा नेपालको मुख्य उद्देश्य नै संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य सहितको संविधान आउनुपर्छ भन्ने बटम लाईन भएको तर्क अघि सार्नुहुँदै मन्त्री सुब्बाले  ८१ प्रतिसत हिन्दु धर्मावलम्वी र अरु ओमकार परिवार सहित ९१ प्रतिसत नेपाली हिन्दु सनातन संस्कार संस्कृतिमा विश्वास गर्ने भएकाले त्यसलाई जागृत गराउनका लागि यो धार्मिक सभा आयोजना गर्न लागिएको पनि  स्पष्टर्पानुभयो ।

पश्चिम नेपालका कैलालीबाट यही फागुन १३ गते नेपालका जगतगुरु बालसन्त देवाचार्यको उपस्थितिमा शुभारम्भ हुने बृहत हिन्दु धार्मिक जागरणसभा फागुन १५ गते आएर इटहरीमा हुने अन्तिम तयारी भईसकेको र त्यसमा पूर्वी नेपालका सवैजिल्लाबाट २० हजार भन्दा बढी हिन्दुर्धमावलम्बीहरुको उपस्थित रहने बताइएको छ ।

उक्त सभालाई पार्टी सभापति एवम बर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा थापा लगायत बिभिन्न धार्मिक गुरुहरु दिनबन्धु शास्त्री , दिनबन्धु पोख्रेल , युवा सन्त श्री निवासार्चाय आदिले सम्बोधन र्गनुहुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV