११ फाल्गुन २०७२, मंगलवार

सात्विक भोजन मात्र ग्रहण गर्ने व्यक्तिहरुलाई लक्षित गरेर धरान १६ मा खाद्य उद्योग स्थापना भएको छ । करिब २ करोड ५० लाखको लगातमा सात्विक फुड्स प्रालि स्थापना भएको हो । फुड्स प्रालिले उत्पादन गरेका सात्विक विस्कुटहरुको माग समेत बढ्न थालेको छ । साकाहारीमा पनि सात्विक भोजन गर्नेहरुको लागि प्रोडक्टको रुपमा नेपालमै पहिलो पटक सात्विक विस्कुट उत्पादन सुरु गरिएको उद्योगका लगानीकर्ता मध्येक एक विनोद श्रेष्ठले दावी गरे । उनले अण्डा, प्याज, लसुन केही पनि नमिसाइने भएकोले ब्रतको बेला जो कोहीले पनि यहाँको उत्पादन भोजन गर्न सक्ने वाताए । उनले उत्पादन सुरु गरे सगै पुर्वका मूख्य मूख्य बजारमा डिलर स्थापन भइसकेको र केही दिनमै नेपाल भर पुर्याउने जानकारी दिए । एक दिनमा १७ केजी सम्म उत्पादन हुने गरेको र मूल्य समेत सस्तो रहेको जानकारी दिए । उनले विभिन्न ९ स्वादमा विस्कुटहरु उत्पान भइरहेको वताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV