११ फाल्गुन २०७२, मंगलवार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा उहाँको भनाईलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइले खण्डन गरेको बताउनु भएको छ । भारतले नेपालमा नाकाबन्दी गरेर अन्याय गरेको बताउँदै उहाँले कसैको दबाबमा राष्ट्रिय स्वतन्त्रतालाइ दबाएर नराख्ने दृढता पनि व्यक्त गर्नुभयो । एकीकृत माओवादीको काठमाण्डौ जिल्ला समितिद्वारा आयोजित ‘कार्यकर्ता प्रशिक्षण भेला’ लाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमाथिको भारतीय व्यवहारले सदैव शंकाको सुविधा दिएको वताउनुभयो ।

LIVE TV