११ फाल्गुन २०७२, मंगलवार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा कार्यवाहक प्रधानमन्त्री विजय कुमार गच्छेदारले सीमांकनको मुद्दा टुङ्गो लगाउन बनाइएको उच्चस्तरीय राजनैतिक समितिको कार्यविधिमा शर्तहरु राख्नु अनुचित भएको बताउनु भएको छ । उहाँले शर्तहरु राखेमा सहमति हुन नसक्ने भएकाले शर्तहरु राख्न नहुने पनि प्रष्ट पार्नुभएको छ । सोमवार विराटनगरमा संचारकर्मीहरुसंग कार्यवाहक प्रधानमन्त्री गच्छेदारले अहिले प्रदेशको सीमांकन मात्र विवादको विषय भएकाले यसलाई सबै दलहरुको सहमतिमा टुङ्ग्याउन समिति बनाइएको धारणा व्यक्त गर्नुभयो । उहाँले समितिमा मधेस केन्द्रित दलहरु पनि सहभागी गराउनु पर्ने भएकाले ११ सदस्यीय बनाइएको र यसबाटै समाधान खोज्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV