११ फाल्गुन २०७२, मंगलवार

नयाँ दिल्ली, नयाँ दिल्लीमा पानी आर्पूितका लागि अरु दुई हप्तालाग्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि नयाँ दिल्लीमा आपूर्ति गरिएको पानीको स्रोतमा नै अवरोध पु¥याएकोले यसका लागि थप १५ दिनसम्म लाग्नसक्ने अनुमान गरेका हुन् ।
paniko
नयाँ दिल्लीमा विभिन्न जाती र समुदायका नागरिकले सरकारी सेवा र अध्ययनका लागि थप आरक्षणको मागगर्दै जारी राखेको आन्दोलनका क्रममा पानीको आपूर्तिमार्गमा नै अवरोध पु¥याएका थिए ।

आन्दोलनकारीहरुले दिल्लीका कम्तीमा पनि एक करोड ७० लाख नागरिकका लागि आपूर्ति गरिएको पानीको मुहान नै बन्द गराइदिएका थिए ।

दिल्लीको पानी आपूर्तिसम्बन्धी कार्यालयका एकजना अधिकारी निरज सेवमानले भने– आंशिक सेवा त हामीले एक दुई दिनमा नै सुचारु गर्नेछौँ तर पूरै सेवा सुचारु गर्नका लागि भने कम्तीमा पनि दुई हप्ता लाग्नेछ ।

आन्दोलनकारीहरुले भने सोमबार हरियाणाको राज्य सरकारसँग सम्झौता गरेका छन् । तर पनि आपूर्ति सेवाको मुहानमा नै उनीहरुले पु¥याएको अवरोधका कारण पानीको आपूर्तिमा क्षति पुगेको हो । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV