११ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ,पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराइले देशको राजनैतिक तथा आर्थिक समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो ।

Baburam-Bhattarai1

मंगलबार काठमाण्डौ स्थित स्पार्क हेल्थ होम अस्पतालको २४ औ बार्षिकोत्सब तथा नवनिर्मित भूकम्प प्रतिरोधी भवनको उद्घाटन समारोहमा डा.भट्टराईले चिकित्सा क्षेत्रमा पश्चिमी चिकित्सा प्रणलीको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । त्यसलाई कम गरी पूर्वीय दर्शन र ज्ञानमा आधारित चिकित्सा प्रणालीलाइ प्रोत्साहित गनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी अवार्डबाट सोही अस्पतालकी नर्स कल्पना सिलवाललाई सम्मानित गरिएको थियो । सोही अवसरमा अस्पतालले एकदिने निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको थियो ।

 

LIVE TV