११ फाल्गुन २०७२, मंगलवार

स्पोर्टस् ड्रामा रहेको फिल्म ‘च्याम्पियन’ को रीलीज रोकीयको छ । फिल्म च्याम्पियन लाई फागुनको १४ मा रीलीज गर्ने तयारीमा फिल्मका निर्माण पक्ष रहेका थिए । तर फिल्म च्याम्पियनको रीलीड मिती अनिश्चितकालको लागि रोकीएको छ । फिल्म ‘च्याम्पियन’लाई कलाकारको रुपमा अनुबन्धित भएका उद्धब नेपालले आफ्नो मानहानी भएको र पारीश्रमिक नपाएको उजुरी बोर्डमा दर्ता गरेपछि सेन्सर बोर्डले अनुमति नदिएको हो । त्यसैले फिल्म ‘च्याम्पियन’को रीलीज स्थगित भएको छ ।
vlcsnap-2016-01-29-15h43m12s133-350x197
फिल्मका निर्देशक बिबि फँुयालका अनुसार चलचित्र बिकास बोर्डले जाँचपासका लागि अनुमति नदिएको हुनाले अनिश्चतकालका लागि रोकिएका हो । ‘च्याम्पियन’फिल्म क्रिकेट खेल सँग सम्बन्धित रहेको छ । त्यसैले फिल्मको कथाअनुसार क्रिकेट खेल खेल्न नजानेका कलाकारहरुलाई निकालीएका थिए । यसै अनुबन्धित पत्रको आधारमा उद्धबले उजुरी दर्ता गरेका थिए । अहिले बोर्डले बिबादलाई कीनारा लगाउन चाहिराखेको छ । फुँयालका अनुसार चाँडैनै नयाँ रीलीज मिति घोषणा गर्ने भएका छन् । ‘च्याम्पियन’ फिल्ममा दिक्पाल कार्कीले लीड रोलमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV