११ फाल्गुन २०७२, मंगलवार

पर्सा ,सोमबार राति गण्डक प्रहरी चौकी पर्साले पक्राउ नगरी छाडेको लागू औषध चरेश इलाका प्रहरी कार्यालय महुवनले पक्राउ गरेको छ । मकवानपुरबाट राजमार्ग हुदै गण्डक आइपुगेको भ्यानलाइ चेकजाँचमा रहेको प्रहरीले केही नभएको भन्दै छोडेपछि महुवन प्रहरीले पक्राउ गरेको हो ।

LAAGU AAUSADH

ईलाका प्रहरी कार्यालय महुवनको गस्ती टोलीले भौराटार गाविस ९ मा चेकजांचको क्रममा बा ६ च ५०४ नम्बरको पिकअप भ्यानमा भारत तर्फ लगिरहेको अवस्थामा पक्राउ गरेपछि राजमार्गका प्रहरी चौकीको मिलोमतोमा कारोबार हुने गरेको प्रहरी स्रोतले जनाएको छ । पिक अप भ्यानमा फल्स बटम बनाई एक सय किलो चरेश लगिरहेको अवस्थामा जिल्ला सिन्धुपालचोक गाविस डाँफे २ निवासी २७ वर्षीय तुलाराम तामाङ्गलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेपछि तामाङ्गले ईलाका प्रहरी कार्यालय महुवनका प्रहरी नायब निरीक्षक बिरेन्द्र साह कानुलाई ५० हजार समेत घुस दिन खोजेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । पक्राउ परेका तामाङ्ग र पिक अप भ्यानलाई नियन्त्रणमा राखी थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

ग्रामीण भेगका प्रहरीले चरेश पक्राउ गरेपछि राजमार्गका प्रहरी चौकीहरुको मिलोमतोमा अवैध लागु औषधको काराबार हुने गरेको रहस्य खुलेका् छ । हेटौडाबाट गण्डक हुदै भौराटार भएर भारत तर्फ पिक अप भ्यानमा अवैध लागु औषध चरेश लगिरहेको अवस्थामा चेकजांचको क्रममा सोमबार राति ११ बजे ग्रामीण भेगको प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । मकवानपुरबाट हिडेको पिक भ्यानलाई राजमार्गमा रहेका एक दर्जन भन्दा बढी प्रहरी चौकीले चेकजांच नगरी छाडेपछि प्रहरी चौकीहरुको मिलोमतोमा अवैध लागुऔषधको कारोबार हुने गरेको रहस्य बाहिर आएको हो । राजमार्गका प्रहरी चौकीहरुले चरेश सहितको पिक भ्यानलाई चेकजांच नै नगरी छाडनु र त्यही गाडीलाई ईलाका प्रहरी कार्यालयले महुवनले ग्रामीण भेगबाट पक्राउ गर्नुले रामजमार्गका प्रहरी चौकीहरुको मिलोमतो देखिएको प्रष्ट भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV