११ फाल्गुन २०७२, मंगलवार

पाल्पा, । पाल्पाका चौध सरकारी कार्यालय लेखापालविहीन बनेपछि अन्यत्र कार्यालयका लेखापाललाई बोलाएर तलब दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

 

sssa

जिल्ला बाहिर सरुवा भएर जानु र लोकसेवा पास गरेका लेखापाल जिल्लामा नआउँदा जिल्लाका सरकारी कार्यालय लेखापालविहीन बनेको हो ।

लेखापालविहीन हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, आयुर्वेदिक, यातायात कार्यालय, सुन्तला जात, रामपुर नगरपालिका, रामपुरको नापी, मालपोत, विशेष नापीलगायतका कार्यालयमा अन्य सरकारी कार्यालयका लेखापालले हिसाब राख्न सहयोग गर्दै आएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार सरुवा भई गएका लेखापालका सटटामा लोकसेवा आयोगले लेखापाल पठाएपछि मात्र लेखापालको अभाव हट्नेछ ।

जिल्लामा सहलेखापालको दरबन्दी नहुँदा लेखापालको अभावमा कार्यालयका आर्थिक कारोबार रोकिने गरेको छ ।

एकजना लेखापालले दुईदेखि चारवटा कार्यालयमा लेखाको अभिलेख राख्नुपर्ने बाध्यता रहेको छ । लेखापाल कार्यालयमा नहुँदा कर्मचारीले समयमा तलब नपाएको गुनासो बढ्न थालेको छ ।

नियम र मापदण्डभित्र रहँदा सहकारीको महत्व बढ्छ

जिल्लाका सहकारीहरु सहकारी नियम र मापदण्डभित्र रहेर काम सम्पादन गर्न सकेको अवस्थामा मात्र सहकारीका सेयर सदस्यहरुलाई सहजता हुनेछ । सहकारी सञ्चालक समितिका केही व्यक्तिहरुले मात्र सहकारी सञ्चालन गर्ने र अन्य सेयर सदस्यहरुलाई सहकारीका बारेमा जानकारी नहुँदा सहकारीमा सङ्कट पैदा भएको हो ।

सहकारी ऐन र नियमका बारेमा सहकारीका सबै सदस्यलाई जानकारी हुनुपर्नेमा सञ्चालक मात्र सचेत हुनु र सदस्यहरुलाई सहकारी सिद्धान्तका बारे अनभिज्ञ हुँदा सहकारीका रकम केही सीमित व्यक्तिले मात्र सुविधा प्रयोग गरेको हुन् ।

पाल्पा जिल्लामा सहकारी प्रवद्र्धनका लागि सरकरोकारवाला पक्षबीच एकदिने अन्तक्र्रिया कार्यक्रमका सहभागीले सहकारी गठन गर्दा सबै सदस्यलाई सहकारी सिद्धान्तअनुरुप प्रशिक्षण हुन नसक्दा सहकारीका सेयर सदस्यहरु समस्यामा पर्न थालेको भनाइ राखेका थिए ।

डिभिजन सहकारी कार्यालय पाल्पाका सहकारी अधिकृत पुष्कर भट्टराईले स्रोत र साधनको अभावका कारण सहकारी नियमनमा समस्या भएको बताउनुभयो । पाल्पा जिल्लामा २५६ वटा सहकारी रहेको त्यसका लागि आवश्यक स्रोत साधनको अभावमा सहकारीमा समस्या बढेको उहाँले उल्लेख गर्नु भयो । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV