
एक युबकले मन पराएकी युवती अचानक कक्षाकोठामा देखा पर्दा त्यो युवकको मन कस्तो होला ? यहाँ देव चौलागाईंलाई यस्तै भएको छ । जव आफुले मन पराएकी युवति वर्षा शिक्षिकाको रुपमा कक्षाकोठामा पाउछन र् देव छक्क पर्छन उनि त्यो माया पाउन कसरत गर्छन ।
यो कथाबस्तुमा गायक विश्वराज चौलागाईंले गाएको गीत ‘जानी नजानी जे गरे मैले’ गीतको म्युजिक भिडियो उतारिएको छ ।हाल अमेरिकामा बसोबास गर्ने गाएक विश्वराज चौलागाईंले यसअघि ‘अभिलाषा मेरो ‘र तिम्रो त्यो गुलाबी ‘बोलका गीतमा स्वर दिइसक्नु भएको छ ।पेशाले इन्जिनियर भए पनि गाएक चौलागाईं अमेरिकामा हुने धेरै जसो नेपालि सांगीतिक कार्यक्रममा सक्रिय हुनुन्छ ।
यस गितलाई संगीत बाबु बोगटीले दिनुभएको छ भने शब्द महेश प्रशाईको रहेको छ । संचारकर्मी बिदुर खतिवडाको निर्देशन रहेको यो गीतको छायांकन सुदिप बरालले गरेका छन् । भिडियो टेकेन्द्र शाहले एडीटिंग गरेका छन् । लोकप्रियता कमाइ रहेको यो गीतमा अभिनय गर्ने मोडेल देव चौलागाईं र वर्षा लामिछाने वास्तविक जीवनका श्रीमान – श्रीमती हुन् ।