११ फाल्गुन २०७२, मंगलवार

नयाँदिल्ली , भारतको राजधानी दिल्लीमा खानेपानीको हाहाकार भएको छ । आन्दोलनकारीले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य वितरण प्रणाली बन्द गरिदिएपछि खानेपानीको हाहाकार भएको हो हरियाणमा जाट समुदायले आरक्षणको माग गर्दै गरेको आन्दोलनको क्रममा उनीहरुले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य प्रणाली बन्द गर्दा दिल्लीका एक करोड भन्दा धेरै मानिसले पानीको समस्या भोगेका हुन् ।

 

paniko

 

जाट समुदायका आन्दोलनकारीले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य प्रणाली मुनाक नहर कब्जा गरेका थिए । अहिले भने सेनाले उनीहरुलाई हटाएर नहर आफ्नो नियन्त्रणमा लिएको छ । दिल्ली खानेपानी बोर्डका प्रमुख केशव चन्द्राले पानीको आपूर्ति व्यवस्था नराम्रोसँग प्रभावित भएको र यसलाई सामान्य अवस्थामा ल्याउन तीन चार दिन लाग्ने बताए ।

पानीको समस्याका कारण दिल्लीका सबै विद्यालय बन्द गरिएको छ । चार दिनदेखि चलेको जाट समुदायको आन्दोलनको क्रममा हिंसा भड्किँदा अहिलेसम्म १८ जनाको ज्यान गएको छ । अन्य सयौं मानिस घाइते भएका छन् । सेनाले मुनाक नहरमा सोमबार नियन्त्रण कायम गरेको भएपनि आन्दोलनकारीले क्षति पु¥याएको नहर मर्मत गर्न केही दिन लाग्ने छ । मर्मतको काम नसकिएसम्म पानीको आपूर्ति सहज नहुने भन्दै मितव्ययी भएर पानी प्रयोग गर्न दिल्ली खानेपानी बोर्डका प्रमुख चन्दाले आग्रह गरे

प्रतिक्रिया दिनुहोस्
LIVE TV