११ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ , नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा पार्टीको आसन्न तेह्रौं महाधिवेशनको नीति तथा कार्यक्रम पारित र विधान संशोधनका विषयमा छलफल हुनेछ ।

 

 

nepali cangresh
पार्टी सभापति सुशील कोइरालाको निधनको १३ औं दिनको औपचारिक कार्यक्रमपछि कांग्रेसले केन्द्रीय समिति बैठक राखेको हो । बिहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको नीति तथा कार्यक्रमका साथै विधानको विषयमा समेत छलफल हुने जनाइएको छ ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलले पदाधिकारीको संख्या बढाउने तयारी गरे पनि वरिष्ठ नेता शेरबहादुर देउवाले भने समर्थन गर्नुभएको छैन । बैठकमा पार्टीको विधान मस्यौदा समितिले विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । उक्त प्रस्तावमा केन्द्रीय समितिको हालको आकार बढाएर ९७ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV