११ फाल्गुन २०७२, मंगलवार

गोर्खा भूतपूर्व सैनिक संघ गेसोले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने घोषणा गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

go
मानव तस्करी, गोर्खाको संस्कार संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने हक हनन गरिएको निष्कर्ष निकाल्दै गेसोले बेलायत र नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने घोषणा गरेको हो।

बेलायतको अल्डरसटस्थित किङ्ससेन्टरमा आइतबार आयोजित एक दिवसीय अभिमुखी कार्यक्रममा गेसोले नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडार्इं लड्ने प्रतिज्ञा गरेको हो।

घोषणा कार्यक्रममा बेलायतका नेपाली बुद्धिजीवी, विभिन्न राजनीतिक पार्टी र जनजाति संगठनका प्रतिनिधि, पत्रकार लगायत सयौं भूपूगोर्खा सैनिक सहभागी थिए।

कार्यक्रममा गेसो केन्द्रीय सभापति पदमबहादुर गुरुङले १५ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै सार्वभौमसत्ता सम्पन्न देशका स्वतथन्त्र नागरिकलाई के कस्तो सन्धि सम्झौता गरी बेलायती सेनामा पठाइएको हो त्इसको सत्यतथ्य बेलायत र नेपाल सरकार दुवैले सार्वजनिक गर्नु पर्ने बताए।

LIVE TV