११ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । महाधिवेशन सुरु हुन झन्डै एकसाता बाँकी रहँदा कांग्रेसमा संस्थापन पक्षबाट दुईभन्दा बढी उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ ।

sitaula
सभापतिका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरेका आजको अन्नपूर्णमा समाचार छ ।
महामन्त्री सिटौलाले पौडेललाई समर्थन नगर्ने निष्कर्ष निकाल्दै युवाहरुलाई समेटेर छुट्टै प्यानलको गृहकार्य गालेका हुन् ।
सिटौलाले आफ्नो टिममा युवा नेता गगन थापा, प्रदीप पौडेललगायतलाई समेटेर प्यानल बनाउने गरी छलफल अघि बढाएका छन् ।
सिटौला निकट स्रोतका अनुसार आफू सभापतिमा र गगनलाई महामन्त्रीमा राखेर प्यानल बनाउने तयारी भएको छ । ‘मंगलबारको केन्द्रीय समितिको बैठकपछि उहाँको उम्मेदवारी घोषणा गर्ने विषयमा औपचारिक जानकारी हुन्छ, सिटौलासँगै तयारीमा लागेका एक नेताले भने, ‘सकभर सबै पदमा प्यानलै बनाएर टिम घोषणा गर्ने तयारीमा छौं ।’
संस्थापन पक्षबाट एउटा मात्रै उम्मेदवार बनाउन सभापति सुशील कोइरालाको निधन भएको भोलिपल्ट देखि सुरु भएको छलफल दुईसाता सम्म पनि निष्कर्षमा पुग्न सकेको छैन ।

LIVE TV