११ फाल्गुन २०७२, मंगलवार

काठमाडौं – मदिरा पिएर महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लगाइएका दुईजना जिल्ला न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारीबाट मुक्त गर्दै सर्वोच्च अदालतमा झिकाइएको छ ।

lwa

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले महोत्तरी जिल्ला न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद वास्तोलालाई सर्वोच्चमा काजमा खटाउने गरी झिकाएका हुन् । मादक पदार्थ सेवन गरी महोत्तरीको बर्दिबासमा आइतबार महिलामाथि यौन दुव्र्यवहार गरेको विषयमा स्थानीय बासिन्दाले दुवै न्यायाधीशलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV