११ फाल्गुन २०७२, मंगलवार

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि नेपाल आयल निगमले घटाएको छैन । पुरानो ऋण चुक्ता गर्ने नाउँमा उसले पेट्रोल, डिजेल र मटितेलमा उच्च नाफा राखेर बोनस खातामा रकम जम्मा गरिरहेको छ । यसको मार सबैतिरबाट उपभोक्तालाई परेको छ ।आजको कारोबार दैनिकमा खबर छ ।

 

nepalaayal

निगमले सरकारसँग लिएको १२ अर्ब ६४ करोड ऋण पूरै भुक्तानी नगर्दासम्म बोनस बाँड्न नपाउने भएकाले गत वर्ष र चालू आवका ६ महिनाको नाफाबाट १० प्रतिशत रकम बोनस शीर्षकमा छुट्याएर राखेको छ । निगमले ऋण चुक्तान गर्नेबित्तिकै यो बोनस बाँडिनेछ । निगमको दाबीअनुसार ऋण यही वर्षभित्र चुक्ता हुने सम्भावना छ । त्यसपछि कर्मचारीको खातामा लाखौं रकम जम्मा हुनेछ ।

ऋण चुक्ता गर्ने भने पनि निगमले भुक्तानी र ब्याजमा थोरैमात्र रकम छुट्याएर नाफा शीर्षकमा उच्च रकम राखेको छ । नाफा शीर्षक उच्च राख्नुले बोनसप्रतिको लगाव दर्साउने उपभोक्ताकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV