१० फाल्गुन २०७२, सोमबार

लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पत्रकार सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली सुरज प्याकुरेललाइ प्रदान गरेको हो । एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका नि:वर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् ।

नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई एक्यानले गतबर्षदेखि सम्मानित गर्दै आएको छ । विशेषगरी नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचार सम्प्रेषण गरी नेपाली लेखा व्यवसायसँग आवद्ध सरोकारवालाहरुलाई सुचित गरेको भन्दै प्याकुरेललाई सम्मान गरिएको एक्यानका निवर्तमान अध्यक्ष भरत रिजालले बताए । गत बर्षपनि उक्त पुरस्कार सुरज प्याकुरेललाइ नै प्रदान गरिएको थियो ।

एक्यानले दोश्रो पटक आफुलाई उक्त पुरस्कारबाट सम्मानित गरेकोमा निकै खुसी भएको बताउँदै सुरज प्याकुरेलले एक्यानले गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् । ‘एक्यानले गरेको सम्मानपछी थप जिम्मेवारी बढेको महसुस भएको छ । नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचारहरु सम्प्रेषण गर्ने काममा निरन्तर लागिरहनेछु । ‘

प्रतिक्रिया दिनुहोस्

LIVE TV