
नयादिल्ली,भारतको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री र अन्य उच्च ब्यक्तिसामु आत्मविश्वापूर्ण भूमिका प्रदर्शन गरेको भन्दै भारतमा बस्दै आएका नेपालीहरुले ओलीमाथि गुलाव वर्षा गरेका छन् । भारतको चर्चित पत्रिका इण्डियन एक्सप्रेसले यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीले यस्तो भूमिका प्रदर्शन गर्न नसकेको भन्दै ओलीमाथि गुलाव वर्षा गरेको समाचार छापेको छ ।
नेपाली राजदूतावास परिसरमा आयोजित कार्यक्रममा जम्मा भएका गैर आवासीय नेपालीले प्रधानमन्त्री ओली र राष्ट्रिय एकताको पक्षमा नारा लगाएको भारतीय पत्रिकाले छापेको छ । ‘केपी ओली जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद’ नारा लगाउँदै मञ्चमा रहेका प्रधानमन्त्री ओलीमाथि गुवालको फूल वर्षा गराएको र यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीमाथि नभएको घटनाका रुपमा पत्रिकाले उल्लेख गरेको छ । वालवच्चा सहित गैरआवासीय नेपाली प्रधानमन्त्री ओलीको सम्बोधन सुन्न आएको उल्लेख गर्दै पत्रिकाले ओलीको सम्बोधनले दिल्लीमा रहेका नेपालीहरु गौरवान्वित भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीको सम्बोधनले म गौरवान्वित भएको छु, अब भारतले नेपालमाथि नराम्रो व्यवहार गर्ने छैन ू परिवारसहित द्वारकाबाट कार्यक्रममा उपस्थिति जनाएका सुनिल थापाले भने’, पत्रिकाले उल्लेख गरेको छ
इण्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीवारे यस्तो लेखेको छः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयादिल्ली स्थित नेपाली राजदुत निवासमा भारतमा विभिन्न पेसा व्यवसाय गर्ने गैर आवासीय नेपालीहरुलाई आइतबार सम्बोधन गरेका छन् ।
करिब ६०० नेपाली उपस्थित उक्त कार्यक्रममा ओलीले अहिले नेपालमा कतिपयले भन्ने गरेको दोश्रो दर्जाको व्यवहार संबिधानले कहिँ नगरेको र यस्तो विभेदकारी ब्यबस्था संबिधानमा कहिँ नभएको बताए ।
बेलुकाको साढे ६ बज्नै लाग्दा राजदुत निवासको चौरमा प्रवेश गरेका ओलीलाई त्यहाँ उपस्थित नेपालीहरुले केपी ओली जिन्दाबाद, राष्ट्रिय एकता जिन्दाबादको नारा लगाउदै गुलाबको वर्षाद्वरा स्वागत गरेका थिए । कार्यक्रममा बालबच्चा सहित उपस्थिति जनाएका गैर आवासीय नेपालीहरुले ओलीलाई भब्य स्वागत गरेका हुन् ।
यो भन्दा अघिका भ्रमणहरुमा नेपालका कुनैपनि प्रधानमन्त्रीले यसरी सार्बजनिक रुपमा गैर आवासीय नेपाली हरुलाई सम्बोधन गरेका थिएनन् – नेपाली दुतावासका एक कुटनीतिज्ञले इन्डियन एक्सप्रेसलाई बताएको इन्डियन एक्सप्रेसले लेखेको छ ।
छोटो समयकालागि निर्धारित कार्यक्रममा ओलीले गएको बैसाख १२ मा गएको विनाशकारी भूकम्पमा भारतले गरेको सहयोगको लागि धन्यबाद दिए । नेपालको संबिधान विश्वका अन्य संबिधान हरुभन्दा एक कदम अगाडी रहेको उल्लेख गरे ।
पछिल्लो समय नेपाल र भारतबीच सम्बन्धमा केहि असहजता आएको भएपनि अहिलेको भ्रमणले नेपाल भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको र यसले सहकार्यको नयाँ वातावरणको निर्माण गरेको ओलीले बताए । प्रधानमन्त्री मोदीसंगको भेटका क्रममा दुबैले एक अर्काको तस्बिर लिएको र बातचित गरेको उल्लेख गरेका छन् । रास्ट्रपति भवनमा भारतका रास्ट्रपति प्रणब मुखर्जीले गरेको बिशेष स्वागत सत्कारको पनि प्रम ओलीले चर्चा गरे । उपस्थित समुदायले ओलीसंग सेल्फि समेत लिएका थिए ।
प्रधानमन्त्री ओलीको सम्बोधनले म गौरवान्वित भएको छु, अब भारतले नेपालमाथि नराम्रो व्यवहार गर्ने छैन । परिवारसहित द्वारकाबाट कार्यक्रममा उपस्थिति जनाएका सुनिल थापाले भने । कार्यक्रममा उपस्थित अर्की सहभागी मनिषा छेत्रीले भारत आफ्नो दोश्रो घर जस्तै भएको बताइन, पछिल्लो समय नेपालीलाई धेरै अप्ठ्यारो परेको थियो अब त्यो सबै सामान्य हुने विश्वास उनले ब्यक्त गरिन् ।