
भक्तपुर, भुकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाहरुको पुननिर्माण कार्य अझैं शुरु हुनसकेको छैन । सम्पदा मर्मत तथा पुननिर्माणका लागि जिल्लमा समन्वय समिति गठन भएपनि बैठक बस्न नसक्दा पुननिर्माण कार्य शुरु हुन नसकेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जानाएको छ ।
समन्वय समितिलाई राष्ट्रिय पुणनिर्माण प्रधिकरणवाट भएको कार्यको अनुगमन गर्न र समन्वय गर्ने जिम्मेवारी दिएको छ । समितिमा सहायक जिल्ला अधिकारी सदस्य सचिव रहने गरी जिल्लाका सवै सभासदहरु, प्रमुख जिल्ला अधिकारी र जिल्ला विकास अधिकारी सदस्य हुने र त्यसको लागि वर्णानुक्रम अनुसार सभासदले अध्यक्षता गर्ने प्रावधान रहेको छ ।
भुकम्पले भक्तपुरमा १ सय १६ सम्पदा मध्य ६७ सम्पदा पुर्ण क्षति भएको पुरातत्व विभाग भक्तपुरले जनाएको छ । जसमध्ये जर्मनीको छनोटमा भुकम्पले क्षति पु¥याएका मध्य दश सम्पदा र तिन बिद्यालयको पुननिर्माण गरिने सहमति भैसकेको छ । सहमति अनुसार पुननिर्माण आगामी ४ बर्ष भित्र सम्पण गर्ने लक्ष्य छ ।