
काठमाडौँ, महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध अन्तर्गत आज नुवाकोटका शिव पौडेललाई पक्राउ गरेको छ ।
तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिने गरेको अभियोग लगाइएको छ ।
उक्त महाशाखाबाट खटिएको प्रहरी समूहले पौडेललाई वैदेशिक रोजगारका सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ । रासस