बागलुङको दक्षिण कुश्मीसेरामा निर्माणाधीन साढे एक मेघावाट क्षमताको ठेउलेखोला जलविद्युत आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । २०७२ मंसिर सम्म निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम शुरु गरिएकोमा भूकम्प तथा नाकाबन्दीको कारण बैशाख महिना देखि ८ महिना भन्दा बढी नियमित काम हुन नसके पछि आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको हो ।
आयोजनाका प्रबन्ध निर्देशक सूर्य अधिकारीका अनुसार ठेउले खोलामा २०७० चैत महिनादेखि जलविद्युत आयोजना निर्माणको काम शुरु गरिएको थियो । फागुनको अन्त्यतिरबाट मात्रै नियमित काम सुरु गर्ने भएकाले अबको ८ देखि ९ महीना सम्ममा काम सम्पन्न हुने अधिकारीको भनाइ रहेको छ । जग्गा सम्बन्धी ९० प्रतीशत काम सकिएको भन्दै अधिकारीले सिभिल निमार्णको अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको बतााउनुभयो । उहाँका अनुसार हाइड्रो मेकानिकल र इलोक्ट्रो मेकानिकल सम्बन्धि काम बाँकी रहेको छ ।
बिभिन्न कारण आयोजनाको निर्माण अवधि बढेपछि २६ करोड ५० लाख रुपैया खर्च हुने अनुमान गरिएको उक्त आयोजनाको लागतसमेत बढ्ने अधिकारको भनाइ छ । आयोजनमा बाराही हाइड्रोपावर प्रालि सँगै केही स्थानीयहरुको पनि लगानी रहेको छ । लोडेसेडिङबाट केही भएपनि राहत हुने तथा दीर्घकालीनरुपमा आर्थिक फाइदा हुने आशामा आफ्नै ठाउँमा निमार्ण हुन लागेको जलविद्युत आयोजनामा शेयर लगानी गरेको स्थानीय कृष्ण रिजाल बताउनु हुन्छ ।
आयोजना निर्माणका लागि सिभिल कन्ट्रक्सनका कामअन्र्तगत कुश्मिसेरा गाविस र सकुर्वा गाविसको सिमानामा बाँध निर्माण गरिने छ । सर्कुवा र कुश्मिसेराको सीमामा बाँध निर्माण गरी विनामारे गाविसको मसिना पुल नजिकै पावर हाउस निर्माण हुनेगरी इस्टिमेट तयार पारिएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युतलाई डेढ किलोमिटर पर अमलाचौर गाविसमा राष्ट्रिय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।