१० फाल्गुन २०७२, सोमबार

काठमाडौँ,खाना पकाउने ग्यास र कालोबजारी  बढेको बिषयले निकै ब्यापकता पाएपछि सरकारले सोमवार देखि नै लागू हुने गरी १४ दशमलव २ ग्रामको भरी  सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ । आधा ग्यास रहेको सिलिण्डरको बिक्रीमा ब्यापक जनगुनासो बढे पछि सरकारले भरी सिलिण्डर बिक्री गर्ने ब्यवस्था गरेको हो ।

ganeshman pun

आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी सोमवार देखि सवै ग्यास उद्योगले १४ दशमलव २ केजीको भरी सिलिण्डर ग्यास बिक्री गर्नु पर्ने ब्यवस्था लागू भएको जानकारी दिनु भयो । भारतको नाकाबन्दी फिर्ता भइसक्दा पनि बजारमा खाना पकाउने ग्यासमा कालोबजारी र कृत्तिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगी गर्ने क्रम बढे पछि सरकारले खाना पकाउने भरी सिलिण्डर ग्यास बिक्री गर्नु पर्ने ब्यवस्था गरेको हो । सोमवार देखि नै सबै उद्योगले भरी सिलिण्डर (१४.२ किलोग्राम) ग्यास भर्नुपर्ने निर्णय गरेका आपूर्ति मन्त्री पुनले जानकारी दिनु भयो ।

नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास बिक्री गर्दा पनि माग धान्न सकिने विश्वास दिलाएपछि बाणिज्य मन्त्री पुनले यस्तो निर्णय गरेको बताउनु भयो । बाणिज्य मन्त्री पुनले बजारमा अव पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कालोबजारी नरहने दावी गर्नु भयो ।

आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बजारमा अव भरी सिलिण्डर ग्यासको बिक्री हुने बिश्वास दिलाउनु भयो । आपूर्ति मन्त्रालयका प्रवक्ता सुवेदीले बजारमा कुनै पनि खालको कालोबजारी र कृत्तिम अभाव नहुने दावी गर्नु भयो । ग्यास उद्योगी र उपभोक्तावादी संघसंस्थाले भरी सिलिण्डर ग्यास पाउनु पर्ने  माग गर्दै आएका थिए । नेपाल आयल निगमले पनि माग धान्न सक्ने विश्वास दिलाएपछि मन्त्रालयले भरी सिलिण्डर बेच्ने निर्णय गरेको बताइएको छ ।  यसअघि भारतले गरेको अघोषित नाकाबन्दीमा ग्यासको अभाव कम गर्न आधा सिलिण्डर अर्थात ७.१ किलोग्राम ग्यास भरेर बजारमा पठाइएको थियो ।

 

 

LIVE TV