काठमाडौँ,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा उहाँको भनाईलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइले खण्डन गरेको बताउनु भएको छ । भारतले नेपालमा नाकाबन्दी गरेर अन्याय गरेको बताउँदै उहाँले कसैको दबाबमा राष्ट्रिय स्वतन्त्रतालाइ दबाएर नराख्ने दृढता पनि व्यक्त गर्नुभयो ।
एकीकृत माओवादीको काठमाण्डौ जिल्ला समितिद्वारा आयोजित ‘कार्यकर्ता प्रशिक्षण भेला’ लाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमाथिको भारतीय व्यवहारले सदैव शंकाको सुविधा दिएको वताउनुभयो ।
अध्यक्ष दाहालले तीनओटै पार्टी बीच छिट्टै एकीकरण हुने धारणा पनि दोहो¥यानु भयो । एकीकृत माओवादीलाई २ बर्षभित्र १ नंम्बर पार्टी बनाउने प्रतिबद्धता जनाउदै उहाँले अब आफु पार्टी पुननिर्माणतर्फ सक्रिय रुपमा लागेको बताउनुभयो ।
अध्यक्ष दाहालले संविधान जारी हुनुमा एकीकृत माओबादीको प्रमुख भुमिका रहेको र अबको पार्टीको भुमिका अझै महत्तवपुर्ण रहेको बताउनुभयो । बाबुराम भटराईले पार्टीलाई धोका दिएको र भट्टराई राजद्रोही समेत भएको आरोप पनि अध्यक्ष दाहालले लगाउनुभयो ।