
पाँचथर, घस्यौटो डढाउने क्रममा आगो अनियन्त्रित हुँदा पाँचथर स्याबरुम्बा १ फापरगैराका एक ब्यक्तिको आज जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रानीगाउँ ८ का ७० वर्षिय हर्क सम्हाम्फे रहेका इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मोतीवहादुर कटुवालले जानकारी दिनुभयो । रासस