१० फाल्गुन २०७२, सोमबार

काठमाडौँ महानगरपालिकाभित्रका घरजग्गाको हक हस्तान्तरण र नामसारी प्रमाणपत्रबिना नै हुने भएको छ ।

नगरवासीलाई सहयोग होस् भन्ने उद्देश्यले तीन महिनापछि निर्माण सम्पन्न प्रमाणपत्र लिने गरी सो निर्णय गरिएको महानगर, सहरी विकास विभागले जनाएको छ । विभाग प्रमुख अर्चना शाक्यका अनुसार यसअघि जसको नाममा घर रहेको छ सो व्यक्तिको मृत्युपछि हकवालालाई उक्त सम्पत्ति नामसारी गर्दा नै निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य थियो । तर यसले नागरिकलाई झन्झटिलो भएकाले आइतबारदेखि लागू हुने गरी उक्त व्यवस्था गरिएको हो ।

ktm nagarpalika

यो व्यवस्था घरधनीको मृत्युपछि हकवालालाई नामसारी गर्दा र सम्पत्तिको भागबन्डा गर्दा लागू हुनेछ । सम्बन्धित घरजग्गाधनीको मृत्यु भई हक हस्तान्तरण नामसारी गर्नुपर्ने अवस्थामा निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्न नसकिने भएकाले र अंशियारबीच अंशबन्डा भई हक हस्तान्तरण नामसारी गर्नुपर्दा कसको नामका निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने भन्ने अन्योल हुने हुँदा सो व्यवस्था गरिएको हो ।

हकवालाले सम्पत्ति आफ्नो नाममा राखेको तीन महिनापछि भने निर्माण सम्पन्न प्रमाणपत्र महानगरमा पेस गर्नुपर्ने छ । रासस

 

LIVE TV