१० फाल्गुन २०७२, सोमबार

नया दिल्ली,भारतका उर्जा राज्यमन्त्री पियूस गोयलले नेपालको उर्जा संकट समाधान गर्न ६ महीनामा होईन तीन महीनाभित्रै ६०० मेघावाट विद्युत दिन तयार रहेको बताएका छन ।

सोमवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा उनले तत्काल प्रशारण लाइनको क्षमता बढाएरनेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन ।

dhalkebar parsaaran line

उनले भारतीय कम्पनीहरुले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना तत्काल अघि बढाउने भन्दै उनीहरुलाई समय तोकेर नै निर्माण कार्य अघि बढाउन निर्देशन दिने बताएका थिए । उनले पञ्चेश्वर जलविद्युृत आयोजना पनि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
गोयलले जलविद्युतको क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको समेत भेटवार्तामा स्पष्ट पारेका थिए ।

 

LIVE TV