१० फाल्गुन २०७२, सोमबार

सुनसरीको दक्षिणी सीमावर्ती गाविसवाट  लागु औषध लिएर धरान आउदै गरेका उनिहरुलाई प्रहरीले आईवार राति धरान २७ स्थित पटनाली जंगलक्षेत्रवाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । प्रहरीले लागु औषधका मुख्य कारोवारीहरु सुनसरी बराहक्षेत्र ५का भरतकुमार राई,कृष्णकुमार मगर र भरौल ३ माधव राजधामी लाई नियन्त्रणमा लिएको हो ।

LAAGU AAUSADH

उनिहरुको साथवाट ५ सय ७६ क्यापसुल स्पास्मोप्रोक्सिवन ,९८ वोटल कोरेक्स , नगद ५६ हजार ४सय ९० र एकथान सुनको औठी फेला परेको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।

उहाले लागुऔषध ल्याउन प्रयोग गरिएका को ८ प ६५३४ नम्बरको मोटर साइकल र को २० प ४३९७ नम्बरको स्कुटी समेत बरामद गरिएको वताउनु भयो । पछिल्लो समयमा लागु औषध कारोबारीले सुनसरी भण्टावारी नाकावाट चकरघट्टी , भरौल  हुँदै धरानको रुट प्रयोग गरिएको सुचनाका आधारमा उनिहरुलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको  प्रहरी नायव उपरीक्षक सिजापतिको भनाई छ ।

त्यसैगरी इलाका प्रहरी कार्यलय धरानले धरानको सेउती जंगलमा लुटपाट गरि फरार  र धरानको विजयपुर स्थित पञ्चकन्या मन्दिर परिशरमा लुटपाट गरि फरार ३ जनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ । सेउती जंगलमा धरान ८ का मनबहादुर लिम्बुलाई आक्रमण गरि लुटपाट गरि फरार धरान १५का उमेश राजधामी तथा पञ्चकन्यमा घुम्न गएका इटहरीका सुरेश चौधरीलाई लुटपाट गर्ने धरान १४का नविन विक र मिलन राईलाई सार्वजनिक गरेका हो ।

 

LIVE TV