नयाँ दिल्ली, भारतमा सरकारले रोजगारी तथा अध्ययनका लागि आरक्षण दिनुपर्ने मागसहित आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले सरकारको प्रस्ताव स्वीकार गरेका छन् ।
उनीहरुले हरियाणा राज्य सरकारले प्रस्तुत गरेको सो प्रस्ताव मान्ने स्वीकृति जनाएका बताइएको छ ।
केही दिनयतादेखि जारी सो आन्दोलनमा परी १९ जनाको ज्यान गइसकेको छ । सोमबार उक्त राज्य सरकारले आन्दोलनकारीलाई नयाँ आरक्षण प्रणाली प्रस्ताव गरेको थियो ।
आन्दोलनकारी नेताहरुले सोमबारै सो प्रस्तावमा स्वीकृति जनाएका र आजै यस विषयमा हरियाणा सरकारसँग सम्झौता हुने बताइएको छ ।
भारत सरकारले यसअघि पनि विभिन्न जातजाति एवम् समाजमा आर्थिक रुपमा पिछडिएका समुदायका नागरिकलाई सरकारी सेवामा आरक्षण दिँदै आएको थियो । रासस÷एएफपी