
काठमाडौँ,उपप्रधान तथा रक्षामन्त्री भिम रावलले राजनीतिक संयन्त्रको क्षेत्राधिकार सहमतिका आधारमा तय गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सरकारले कार्यक्षेत्र तय हुन बाँकि रहेकै अवस्थामा एकतर्फी रुपमा संयन्त्र गठन गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असन्तुष्टि प्रकट गरिरहेका बेला उपप्रधान तथा रक्षामन्त्री रावलले संयन्त्रको कार्यक्षेत्र सहमतिमा आधारमा तोकिने बताउनुभएको हो । उहाँले नेपाल पत्रकार महासंघको काठमाडौ जिल्ला शाखाको वार्षिक साधारणसभामा संयन्त्रमा रहने सदस्यहरु पनि सहमतिकै आधारमा तोकिने प्रष्ट पार्नुभयो ।
सरकारले फागुन ६ गते बेलुकी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको थियो । सीमांकनको विवाद् टुंग्याउनका लागि सिफरिस गर्न गठित संयन्त्रको क्षेत्राधिकार र संयन्त्रमा रहने अन्य सदस्यको टुंगो लाग्न बाँकि छ ।