१० फाल्गुन २०७२, सोमबार

सप्तरी, मधेस आन्दोलनका क्रममा सप्तरीको भारदहमा मृत्यु भएका दुईजनाको परिवारलाई सिँचाइमन्त्री उमेश यादवले आर्थिक सहयोग गर्नुभएको छ ।
भारदहमा आइतबार मन्त्री यादवले रु ११ हजारका दरले आर्थिक सहयोग गर्नुभएको बताइएको छ ।
umesh yadav
मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सप्तरीको भारदह–१ का राजीव राउत र पोर्ताह–१ का रामकृष्ण राउतको मृत्यु भएकोमा उनीहरुका परिवारलाई सो आर्थिक सहयोग मन्त्री यादवले गर्नुभएको हो ।

गत भदौ १ गते राजीवको र भदौ २३ गते रामकृष्णको प्रहरीको गोलीबाट ज्यान गएको थियो । रासस

 

LIVE TV