१० फाल्गुन २०७२, सोमबार

नयाँ दिल्ली,भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारत र नेपालबीचको सम्वन्ध अत्यन्त विशिष्ट रहेको बताउँनुभएको छ । नेपालको नयाँ संविधानमा भएको पहिलो संशोधनले सवै समस्यालाई सम्वोधन गरेको उँहाको भनाई छ ।

SWORAJ

भारतको नयाँ दिल्लीस्थित इन्डियन इष्टिच्युट फर वल्र्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा मन्तव्य दिदै भारतीय विदेश सचिव स्वराजले भारत र नेपालबीचको सम्वन्धलाई कसैसंग तुलना गर्न नसकिने बताउँनुभयो । नेपालको आर्थिक विकासमा भारत सदा सहयोगकोलागि तयार रहेको बताउँदै उँहाले त्यसकोलागि नेपालले आवश्यक कार्यक्रमहरु प्रस्तुत गर्नपर्ने धारणा राख्नुभयो ।

नेपालको नयाँ संविधानवारेको धारणामा स्वराजले पहिलो संशोधनले नेपालमा रहेका सवै राजनीतिक जटिलताहरुको समाधान गरेको बताउँनुभयो । उँहाले संविधानको संशोधनवाट मधेसीका विमतिहरुलाई पनि पूर्णरुपमा सम्वोधन गरेको धारणा राख्नुभयो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६५ औं जन्मदिनको शुभकामना दिँदै स्वराजले आफु ओली भन्दा आठ दिनले जेठी भएकीले आफुँ दिदी भएको भन्दै कार्यक्रममा उपस्थित सवैलाई हसाँउनुभयो ।

 

LIVE TV