१० फाल्गुन २०७२, सोमबार

बनेपा, एकीकृत नेकपा (माओवादी) काभ्रेपलाञ्चोकका जिल्ला उपाध्यक्ष अक्कलबहादुर थिङसहित थुप्रै माओवादी कार्यकर्ताले एमाओवादी परित्यागको घोषणा गरेका छन् ।

Baburam-Bhattarai1
उनीहरुले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति अभियानमा लागेको बताएका छन् ।

एमाओवादी परित्याग गर्नेमा पार्टीको सेल कमिटीदेखि जिल्ला तहका नेता तथा कार्यकर्ता रहेका छन् । “सबैखाले आन्दोलनको एउटा अध्यायको चरण पूरा भएको छ, आर्थिक समृद्धि र विकास अहिलेको आवश्यकता भएकाले नयाँ शक्ति अभियानमा लागेका हौँ”, पूर्वसभासद्समेत रहनुभएका नेता थिङले भन्नुभयो ।

काभ्रेपलाञ्चोकमा गत पुस २० गते नयाँ शक्ति अभियान जिल्ला तदर्थ समिति गठन भएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV