१० फाल्गुन २०७२, सोमबार

सर्च फर कमन ग्राउण्ड नेपालले द्धन्द्ध समाधान र विभिन्न पक्षहरुबीच बिद्यमान असमझदारी कम गर्ने माध्यामका रुपमा खेलकुदलाई आफ्ना कार्यगत क्रियाकलापमा प्राथमिकताका साथ उपयोग गर्दै आईरहेको छ । त्यसोत नेपाल पर्यटन बोर्डले आयोजना गरेको दोस्रो नेपाल अन्तराष्ट्रिय एफआईसिटि खेलकुद चलचित्र महोत्सब मा सर्च फर कमन ग्राउण्डले ‘शान्ति निर्माणका लागि खेलकुद’ अन्तरक्रियाको आयोजना सम्पन्न गरेको छ । ‘शान्ति निर्माणका लागि खेलकुद’ नाम दिईएको उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र सर्च फर कमन ग्राउण्ड नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन् । जस्को उदेश्य रहेको छ “खेलकुदलाई शान्ति र समझदारी निर्माणको माध्यमको रुपमा उपयोग गर्न सकिन्छ ।”
vlcsnap-2016-02-22-13h03m40s376
‘शान्ति निर्माणका लागि खेलकुद’ कर्याक्रममा प्रहरी अधिकारीका साथै चर्चित कलाकार र खेलाडिहरुले आफ्ना बिचारहरु व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा कलाकार र खेलाडिहरुले बाक्लो उपस्थिति जनाए । राष्ट्रिय फुटबल खेलाडि रबीन श्रेष्ठ, राष्ट्रिय क्रिकेट खेलाडि ज्ञानेन्द्र मल्ल,कलाकार ऋचा शर्मा,खेलकुद कमेन्टेटर सुरज गीरी,र प्रहरी उपरिक्षक जगतमान श्रेष्ठले आफ्ना भनाईहरु राखेका थिए ।
vlcsnap-2016-02-22-13h05m07s560
अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैले सामाजिक सद्भाव,सहअस्तिव्त र विश्वासको वतावरण निर्माणमा खेलकुदको बिशिष्ट शक्ति बारेमा छलफल गरे । सर्च फर कमन ग्राउण्ड नेपालका कार्यक्रम निर्देशक युवा कर राज राजकर्णिकरले फरक समुदायका मानिसहरुलाई सँगै ल्याउन र खेलकुदको शक्तिलाई शान्ति र समझदारी निर्माणमा उपयोग गर्न सर्च फर कमन ग्राउण्ड सधै प्रतिबद्धता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV